दफा ७
सन्धिको परित्याग वा निलम्बन गर्न सकिने
नेपाल वा नेपाल सरकार पक्ष भएको सन्धिमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो सन्धिलाई परित्याग गर्ने वा आंशिक वा पूरै निलम्बन गर्ने वा निलम्बन फुकुवा गर्ने अधिकार नेपाल सरकारलाई हुनेछ र त्यस्तो सन्धि दफा ४ वा संविधानको धारा २७९ को उपधारा (२) मा उल्लेख भएको सन्धिसँग सम्बन्धित रहेछ भने सो सम्बन्धी जानकारी व्यवस्थापिका–संसद्लाई दिनु पर्नेछ ।